NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

टोकन प्रणाली हट्यो, आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिको लागि प्रदान गर्दै आएको टोकन प्रणालीलाई हटाएको छ । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको हो ।

श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । सोही आधारमा विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।