NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न कार्की आयोगको सिफारिस

काठमाडौं । भदौं २३ र २४ को घटनालाई जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।

भिमफेदी कारागारको जेलर रहेका पौडेलले २४ गते भीमफेदी कारागारमा बढी तोडफोड, आगजनी र धेरै कैदीहरु भाग्नबाट बचाएको भन्दै उनलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको हो ।

‘कारागार कार्यालय भिमफेदीमा जेलर सुवास पौडेलको सक्रियतामा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनालाई प्र.जि.अ.मार्फत समन्वय गरी २४ गते रातिदेखि २५ गते बिहानसम्म सुरक्षा निकाय परिचालन गरेर बढी तोडफोड, आगजनी हुन र धेरै केदी थुनुवा भाग्नबाट बचाएको पाइयो । निडर भएर कार्य सम्पादन गरेकोमा जेलर सुवास पौडेललाई सरकारले पुरस्कृत गर्नुपर्छ’ प्रतिवेदनमा भनिएको छ ।