विद्युत् प्राधिकरणको स्थगित परीक्षा माघ २४ देखि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्थगित अन्तर्वार्ता यही माघ २४ गतेबाट सञ्चालन हुने भएको छ ।
प्राधिकरणले कोभिड–१९ महामारीपछि लिखित परीक्षाबाट छनौट भएकाको अन्तर्वार्तालगायत कार्यक्रम स्थतगित गरेको थियो ।
प्राधिकरणका अनुसार, प्रशासन तथा प्राविधिक सेवाअन्र्तगत तह ४ का विभिन्न पदहरूको स्थगित अन्तर्वार्ता परीक्षा यही माघ २४ बाट सञ्चालन हुँदैछ ।
अन्तर्वार्ता परीक्षा कार्यक्रमको विस्तृत विवरण प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने छ । साथै तह ४ को अन्तर्वार्ता सम्पन्न भएपछि परिस्थिति अनुकूल भएमा अन्य पदहरूको परीक्षा कार्यक्रम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया