विद्युत् प्राधिकरणको स्थगित परीक्षा माघ २४ देखि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्थगित अन्तर्वार्ता यही माघ २४ गतेबाट सञ्चालन हुने भएको छ ।
प्राधिकरणले कोभिड–१९ महामारीपछि लिखित परीक्षाबाट छनौट भएकाको अन्तर्वार्तालगायत कार्यक्रम स्थतगित गरेको थियो ।
प्राधिकरणका अनुसार, प्रशासन तथा प्राविधिक सेवाअन्र्तगत तह ४ का विभिन्न पदहरूको स्थगित अन्तर्वार्ता परीक्षा यही माघ २४ बाट सञ्चालन हुँदैछ ।
अन्तर्वार्ता परीक्षा कार्यक्रमको विस्तृत विवरण प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने छ । साथै तह ४ को अन्तर्वार्ता सम्पन्न भएपछि परिस्थिति अनुकूल भएमा अन्य पदहरूको परीक्षा कार्यक्रम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया