NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौँ – अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई निगरानी सूची (कालोसूची) मा राखेको छ। विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा उनीमाथि अनुसन्धान भइरहेका बेला उक्त कदम चालिएको हो।

स्रोतले जनाएअनुसार भट्टमाथि आर्थिक गतिविधिसम्बन्धी विभिन्न शंकास्पद कारोबारको छानबिन अघि बढाइएको छ। अनुसन्धानलाई प्रभावकारी बनाउन र सम्भावित जोखिम नियन्त्रण गर्न अध्यागमनले निगरानी सूचीमा राख्ने निर्णय गरेको बताइएको छ।

यसैबीच, उनीमाथि राजनीतिक पहुँचको प्रयोग गरी अनुकूल वातावरण सिर्जना गर्ने र स्वार्थअनुसार काम गराउने गतिविधिमा संलग्न रहेको आरोप समेत लाग्दै आएको छ। यद्यपि, यी आरोपहरूबारे आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ।

सम्बन्धित निकायहरूले घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।