नयाँ शैक्षिकसत्र : वैशाख २ गतेदेखि पाठ्यपुस्तक विद्यालयमा पुर्याइँदै
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ ।
केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय र प्रेस अवलोकनका गरेका थिए । त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया