अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी
काठमाडौँ । अब सेवाग्राहीहरूले उजुरी, निवेदन, गुनासो वा जाहेरीको प्रगतिबारे जानकारी लिन प्रहरी कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने भएको छ।
नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गर्दै दर्ता भएका मुद्दाको स्थिति घरमै बसेर जानकारी लिन सकिने सुविधा सुरु गरेको जनाएको छ। अब उजुरी दर्ता भएको प्रहरी एकाइले सेवाग्राहीले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन वा एसएमएस मार्फत नियमित रूपमा प्रगतिका विवरण उपलब्ध गराउनेछ।
प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ, “नेपाल प्रहरीका एकाइहरूमा दर्ता भएका उजुरी, निवेदन, गुनासो वा जाहेरी दरखास्तको प्रगति सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराइएको सम्पर्क नम्बरमार्फत जानकारी दिने व्यवस्था लागू गरिएको छ। यसबाट सेवाग्राहीले प्रहरी कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।”
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया