पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
काठमाडौँ। पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ ।
सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उहाँले भन्नुभयो, “फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।”
यसैगरी, निज फ्रान्सेली नागिरक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका, आर्थिक कारणले गर्दा निजहरुले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरु आफू बसेको होटलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया