ललितपुरको पाटनमा दुई दाजुभाइको छुरा प्रहारबाट हत्या
काठमाडौँ- ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।
हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।
त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए, जहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरे।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया