विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति
काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।
“कोभिड–१९ पछि विस्तारै चलायमान हुने सकारात्मक सङ्केत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत अध्यक्ष थापाले आग्रह गरे । नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया