प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन
काठमाडौं – प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन्।
उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी थिइन् । आशा भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो ।
उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए । परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए ।
यद्यपि, लताजस्तो महान गायिकाको छायाबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउन आशालाई लामो संघर्ष गर्नुपरेको थियो । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया