NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अस्पतालबाट डिस्चार्ज भए ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन्। पित्तथैलीको सफल शल्यक्रियापश्चात् स्वास्थ्यमा सुधार भएपछि उनलाई शनिबार घर पठाइएको हो।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

सर्वोच्च अदालतले २६ चैतभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो र समयमै अनुसन्धान नसकिएपछि शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो। सोही आदेशअनुसार प्रहरीले ओलीलाई उनकी पत्नीको जिम्मा लगाएको थियो।