विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न तयार : प्रधानमन्त्री शाह
काठमाडौं । बालेन शाहले विश्वविद्यालयहरूलाई आवश्यक परेको अवस्थामा सहयोग गर्ने बताएका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा उनले उपकुलपतिहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन्। छलफलमा सहभागी एक उपकुलपतिका अनुसार प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा देखिने समस्या समाधानका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका थिए।
बैठकमा देशभरका ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिहरू सहभागी भएका थिए। प्रधानमन्त्री शाह स्वयं विश्वविद्यालयहरूका कुलपति पनि भएकाले उच्च शिक्षा क्षेत्रका समसामयिक चुनौती र सुधारका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
छलफलमा विश्वविद्यालय सञ्चालन, शैक्षिक गुणस्तर, प्रशासनिक समस्या तथा आवश्यक समन्वयका विषयमा समेत कुराकानी भएको जनाइएको छ।


प्रतिक्रिया