सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
काठमाडौँ – सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।
सुकुम्वासी/भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुम्वासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ । वास्तविक सुकुम्वासी/भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान सुरु हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
सोसम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुम्वासी/भूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुम्वासी/भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ ।
“वास्तविक सुकुम्वासी/भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ”, प्रहरी प्रधान कार्यालयद्वारा आज जारी अपिलमा उल्लेख छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया