१२ दिनमा ४२२ विपद्का घटना
काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपदमा परेर २३ जनाको निधन भएको छ भने ७३ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् ।
विपदमा परेर सो अवधिमा ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया