गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ । गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरूमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
‘प्रायः तालहरू गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ’, निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, ‘निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरूमा पानीको सतह निकै कम हुँदै गएको छ ।’
विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा छ ।
विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छभने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया