बुटवलमा स्कुटर दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते
काठमाडौँ । बुटवलमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तीन जना चढेको स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ । बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ घाइते भएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया