NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

हर्क साम्पाङको अपील—सुकुम्बासीको लगत सेनालाई नदिन पालिकालाई आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीसम्बन्धी लगत नेपाली सेनालाई उपलब्ध नगराउन स्थानीय तहलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सेना र प्रहरी सुकुम्बासीको विवरण संकलन गर्ने निकाय नभएको उल्लेख गर्दै यस्तो काम गलत भएको दाबी गरेका हुन्।

साम्पाङले कुनै पनि पालिकाले सेनाले मागेको सुकुम्बासीको लगत नदिनुपर्ने बताए। उनका अनुसार यस्तो गतिविधिले अनावश्यक त्रास सिर्जना गर्न सक्छ। उनले सुरक्षा निकायलाई लोकतन्त्र र मानवताको विपरीत जाने आदेश पालना नगर्न पनि अनुरोध गरेका छन्।

यस्तै, उनले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाउँदै जननिर्वाचित सरकार नभई सेनामार्फत शासन सञ्चालन भइरहेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले नेपाली सेनाको मुख्य जिम्मेवारी सीमाको रक्षा गर्नु रहेको उल्लेख गर्दै सेनाको कार्यक्षेत्र स्पष्ट पार्ने कार्यविधि बनाउनुपर्ने आवश्यकता औंल्याए।

ताजा अपडेट

नेपालवाच विशेष