क्लासिक टेकको इन्टरनेट टिभी अफर : १ वर्ष जोड्नुस ४ वर्ष हेर्नुस्
काठमाडौं । क्लासिकटेकले इन्टरनेट टिभी एक वर्ष जोड्नुस ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ।
जसअन्तर्गत ग्राहकहरूले ३०० एम बि पी एस उच्च गतिको इन्टरनेट र आइपी टि.भी जडान गर्दा ४ वर्षसम्म आइपी टि.भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।
क्लासिक टेकका अनुसार दैनिक प्रतिदिन मात्र ४० रूपैयाँकाे दरमा यो अफर बार्षिक जडान गर्न सकिनेछ । एच डि तथा एस डि प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समाबेश गरिएको छ। जसको मूल्य ५०० रूपैयाँ प्रति महिना पर्न आउने तर अफरमा लिदा प्रति महिना मात्र २०३ रूपैयाँ रहेको छ । जसले गर्दा ३ वर्ष टिभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रूपैयाँ बराबरको फाइदा हुने कम्पनीले जनाएकाे छ ।
ग्राहकको आवाश्यकता मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आइपी टि.भी जडानमा ३ बर्षे नि:शुल्क आइपी टि.भी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया