हुम्लामा पनि डेङ्गुका बिरामी फेला
अदानचुली । हुम्ला जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए ।
उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आउनुभएको थियो । हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ । परीक्षणका क्रममा डेङ्गु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने प्रमुख चिकित्सक तिवारीले बताए ।
जिल्ला बाहिर ननिस्केका सुनारलाई हुम्लामै डेङ्गु देखिएको चिकित्सक तिवारीले उल्लेख गरे । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया