‘सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण प्रतिबद्ध छ’
काठमाडौँ । सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आज सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालद्वारा जारी प्रेस नोटमा सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ ।
सञ्चारकर्मीलाई सूचना सङ्कलनका लागि अनुमति भएको र त्यहाँ कुनै अवरोध नभएको उल्लेख गर्दै भविष्यमा नहुने स्पष्ट पारिएको छ । प्रेस विज्ञ दाहालले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको उल्लेख गरेकी छन् ।
सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ । सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्यालय प्रवेशका क्रममा परिसरमा सवारीसाधनको भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले केवल सुरक्षा व्यवस्थापनबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राखेका थिए ।
सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई स्थान परिवर्तन गर्न भनेको विषयबारे गुनासो आएपछि तुरुन्तै समन्वय गरी पत्रकारहरूको पहुँचमा कुनै रोकटोक नभएको जानकारी गराइएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया