कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार, बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्नेछ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३)को धारा २१ बमोजिम गठन भएको बोर्डको बैठक बस्न लागेको हो । बैठकमा बोर्डका सदस्यहरूको उपस्थिति रहने दुलालले बताए ।
पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टी सभापतिले बोर्डको नेतृत्व गर्नेछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकहरू र महामन्त्रीहरू बोर्डमा रहन्छन् ।
संसदीय समितिमा रहेका प्रमुख, कांग्रेस नेता र वरिष्ठ नेताहरूलाई पनि आवश्यकताअनुसार बोर्डमा रहने व्यवस्था छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया