सांसदलाई विद्युतीय हाजिरी प्रणालीमार्फत हाजिरी गराइने
काठमाडौँ- संघीय संसद् सचिवालयले संसद्का सदस्यहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्विर संकलन गर्ने भएको छ ।
यसका लागि सचिवालयले सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन सूचना जारी गरेको छ ।
सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार सांसदहरूले वैशाख २४, २५ र २८ गते आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्नेछ । बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समिति वा अर्थ समितिको सभाकक्षमा यो कार्य गरिनेछ।
सदस्यहरूलाई संघीय संसदको लोगो लगाएको औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ, जहाँ उनीहरूको बायोमेट्रिक विवरण लिई औपचारिक तस्बिर खिचिनेछ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया