NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

उपसभामुख ठाकुरले भनिन् -‘प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको हो’

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी गरेकी छन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नभएको प्रतिक्रिया दिएकी छन् ।

‘न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आइरहेका छन्–हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भनेर,’ उपसभामुख ठाकुरले भनेकी छन्, ‘एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो ।’

जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्ने उनले टिप्पणी गरेकी छन् ।

‘प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ। यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन,’ उनले लेखेकी छन् ।

राज्यका हरेक अंग देश, जनता र राज्यको हितका लागि हुनुपर्ने उनले अगाडि बताएकी छन् । उनले अगाडि भनेकी छन्, ‘यहाँ कसैको आदेश–उपदेशभन्दा पनि संविधान, कानुन र जनहित सर्वोपरि हुन आवश्यक छ । निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार हो ।’

ताजा अपडेट

नेपालवाच विशेष