हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले सादा पोसाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलास तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताए ।
चोरी भएका अधिकांश सवारी साधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारी साधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यक्रममा जानकारी दिइयो ।
अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । सवारी साधन फिर्ता पाएपछि धेरै सवारीधनीले खुसी व्यक्त गरेका छन् । कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
प्रहरीले सवारी साधन चोरी नियन्त्रणका लागि नागरिकलाई सचेत रहन आग्रह गर्दै सार्वजनिक स्थानमा सवारी पार्क गर्दा सुरक्षित स्थानको प्रयोग गर्न, डबल लक प्रणाली अपनाउन, अपरिचित व्यक्तिलाई सवारीसाधन नदिन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन सुझाव दिएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय सीसीटीभी निगरानी, डिजिटल प्रविधि तथा विशेष निगरानी टोलीको प्रयोगका कारण चोरी भएका सवारी साधन फेला पार्ने दरमा वृद्धि भएको छ । उपत्यका ट्राफिक प्रहरीले आगामी दिनमा चोरी नियन्त्रण तथा हराएका सवारी साधन खोजी अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया