सुनको सिक्री लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको सहिद भूमि गाउँपालिका–१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–६ का ३० वर्षका धनबहादुर भन्ने दानबहादुर तामाङ, ३३ वर्षका सन्तोष भन्ने प्रेमलाल घिसिङ र वर्ष ३८ का राजु तामाङ रहेका छन् ।
प्र ३–०२–०१३ प ८००१ नम्बरको मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले धनकुटा नगरपालिका-७ मदन चोकबाट राईको घाँटीमा रहेको १ तोला २ आनाको सुनको सिक्री लुटेर गत शुक्रबार फरार भएका थिए ।
राईले जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएको उजुरीको आधारमा तीनै जनालाई सुनसरीको धरान उप महानगरपालिका–८ स्थित एक होटेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुको लकेटसहितको सिक्री १ थान, लकेट बिनाको सिक्री १ थान, सिक्रीको लकेट मात्र १ थान, तिलहरी १ थान, कानको बेरुवा कुण्डल १ थान र बेरुवा औँठी १ थान बरामद गरेको छ ।
यस्तै प्र ३–०२–०१३ प ८००१ नम्बरको बुलेट मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको एनएस मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई धनकुटा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया