बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने
काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वको आधारमा संरक्षण गर्ने नीति अवलम्बन गर्ने भएको छ ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नदीलाई केवल जलस्रोतका रूपमा मात्र नहेरिने धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्त्वका आधारमा वैज्ञानिक अध्ययन गरिने उल्लेख छ ।
नदीसँग जोडिएका आदिवासी समुदाय, परम्परा र आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै आगामी पुस्ताका लागि स्वच्छ, निरन्तर बहने नदी प्रणाली सुनिश्चित गरिने नीति अघि सारिएको हो ।
नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन प्रणाली लागू गर्दै जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय क्षेत्रमा लाभहरु समेट्ने गरी बहुउद्देश्यीय आयोजना विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया