कांग्रेस नेताको घरमा आगलागी : १५ लाख बराबरको क्षति
मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बिद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।
स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया