सिइयो पाण्डे पक्राउविरुद्ध परेको निवेदनमा कारण देखाउ आदेश जारी
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो।
साथै सर्वोच्चले अन्तरिम आदेश छलफल प्रयोजनका लागि दुवै पक्षलाई उपस्थित हुन भनेको छ।
स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा प्रश्न उठाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको थियो।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी ढंगले हडप्न खोजेको दाबी सरकारले गरेको छ। तर बैंकले भने लिलाम प्रक्रिया नियमित कानुनी प्रक्रिया र नेपाल राष्ट्र बैंकको नियम र स्वीकृतिमै भएको दाबी गरेको छ।
नियमति प्रक्रियाअनुसार नै लिलाम गरे पनि सरकारले व्यवसायीमाथि धरपकट गरेको आरोप लागेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया