बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक कलहमा रुमल्लिने भन्दापनि मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए
पार्टी इतिहास र बीपी कोइरालाको विरासतको स्मरण गर्दै सभापति थापाले कांग्रेसको नेतृत्व सम्हाल्नु गर्व र जिम्मेवारी दुवै भएको उल्लेख गरे । ‘बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु,’ उनले भने, ‘कांग्रेस पार्टीको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
धेरै नेता-कार्यकर्ताले लामो संघर्ष र त्याग गरेर लोकतन्त्र स्थापना गरेको भन्दै उनले नागरिकको स्वतन्त्रता, आत्मसम्मान र जीवनस्तरमा परिवर्तन ल्याउनु नै कांग्रेसको मूल ध्येय हुनुपर्ने स्पष्ट पारे । पार्टीको जनाधार बलियो बनाउन समर्थक र शुभेच्छुकहरूसँग सिधा संवाद आवश्यक रहेको उनको भनाइ थियो ।
विगतको निर्वाचनमा कांग्रेसले करिब १० लाख मतदाता गुमाएको प्रसङ्ग निकाल्दै थापाले ती निराश भएका समर्थकहरूको विश्वास पुनः जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया