चाँदीका गरगहनासहित दुईजना पक्राउ
काठमाडौं । चाँदीका गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–९ का २७ वर्षीय उमेश विश्वकर्मा र ३६ वर्षीय महेशकुमार विश्वकर्मा रहेका छन् ।
उनीहरूलाई भन्सार छली गरेर ल्याएको चाँदीका गरगहनासहित लहान नगरपालिका–३ मा रहेको सगरमाथा होटल एण्ड लजबाट आइतबार पक्राउ गरिएको लहान प्रहरीले जनाएको छ ।
खानतलासी गर्दा उनीहरूको साथबाट सात केजी ६ सय ११ ग्राम बराबरका विभिन्न चाँदीका गहनाको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि गरगहनासहित आन्तरिक राजश्व कार्यालय इटहरी, सुनसरीमा बुझाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया