NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछ ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आज दिउँसो १ बजे पाँच दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहने छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ ।

उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।