थप १० जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार २२६ जनामा पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमण हुनेको संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७८ हजार ७७० जना पुगेको छ। त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना एक लाख ४० हजार १८५ जना कोरोना संक्रमित भएका छन् ।
त्यस्तै पछिल्लो घण्टामा एक जनाको पनि मृग्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९१ जना पुगेको छ ।
आज थप १८ जना कोरोनामुक्त भएसँगै देशभर कोरोनाबाट ९ लाख ६६ हजार ५५८ जना निको भएका छन् । हाल देशभर २६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या ८६ हजार १३६ रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया