थप १० जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार २२६ जनामा पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमण हुनेको संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७८ हजार ७७० जना पुगेको छ। त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना एक लाख ४० हजार १८५ जना कोरोना संक्रमित भएका छन् ।
त्यस्तै पछिल्लो घण्टामा एक जनाको पनि मृग्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९१ जना पुगेको छ ।
आज थप १८ जना कोरोनामुक्त भएसँगै देशभर कोरोनाबाट ९ लाख ६६ हजार ५५८ जना निको भएका छन् । हाल देशभर २६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या ८६ हजार १३६ रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया