स्वास्थ्य मन्त्रालयद्वारा लु तथा तातो हावाबाट बच्न आग्रह, जारी गर्यो यस्तो सूचना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लु तथा तातो हावाबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै गर्मीमा लु तथा स्वास्थ्यको विशेष हेरचाह गर्नसमेत अनुरोध गरेको छ ।
मन्त्रालयले लु बाट जोगिनका लागि केही उपाय तथा असरसहित सूचना जारी गरेको हो । मन्त्रालयका अनुसार लु तथा तातो हावाबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कने, निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाताको प्रयोग गर्ने, चिसो पानीले नुहाउने, मदिरा सेवन नगर्ने जस्ता उपाय अपनाउन आग्रह गरेको छ ।
त्यस्तै मन्त्रालयले लु तथा तातो हावाबाट ह्दयको गति तीव्र हुने, श्वासप्रश्वास तथा रक्तचाप कम हुने, टाउको दुख्ने, चक्कर लाग्ने आदि असरहरु देखा परेमा तुरुन्तै नजिकैको अस्पताल जानसमेत मन्त्रालयले आग्रह गरेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया