दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको भारत निर्यात
काठमाडौं। भारतीय पक्षबाट रोकिएको नेपाली चियाको निर्यात पुनः सुचारु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवको पहल र मन्त्रालयको निरन्तर कूटनीतिक संवादपछि मंगलबारदेखि भारततर्फ चिया निकासी पुनः सुरु भएको हो।
गुणस्तर परीक्षणको कारण देखाउँदै भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि केही समयदेखि निर्यात प्रभावित भएको थियो। त्यसको असरस्वरूप झापाका ३० वटा सीटीसी (सीटीसी) तथा इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए।
चिया क्षेत्रमा उत्पन्न संकटप्रति प्रधानमन्त्री बालेन्द्र शाहले समेत चासो व्यक्त गर्नुभएको थियो। त्यसपछि उद्योग मन्त्रालयले भारतीय अधिकारीहरूसँग कूटनीतिक तथा प्राविधिक तहमा निरन्तर छलफल अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नपुर्याउने सहमति भएको छ।
निकासी पुनः सुचारु भएसँगै चिया उद्योगी, मजदुर तथा किसानले राहत महसुस गरेका छन्। साथै, बन्द रहेका ९५ वटा चिया उद्योग पनि पुनः सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित
-
वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सुरु
-
मन्त्री यादवको निर्देशनपछि २ सातामै उठ्यो ४२ करोडभन्दा बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
-
दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको भारत निर्यात
-
साँझ ५ देखि ८ बजेसम्म चितुवाको सबैभन्दा बढी आक्रमण, तनहुँमा १७ जनाको ज्यान गयो


प्रतिक्रिया