NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २६ गते

अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयको A-Level, CBSE, IBDP लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले एक सूचना जारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ। ।

साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था पालना पन्ववनइगर्न सबै सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ

यसै सन्दर्भमा मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग अनुरोध गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष