जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक जनाको मृत्यु, दुईजनाको सकुशल उद्धार
जाजरकोट । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ राङ्सीमा जयशीला शाहको अस्थायी टहरामाथिबाट पहिरो खसेर टहरा पुरिएको थियो । घटनामा करिब ६० वर्षीया जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेकी उनकी करिब ४० वर्षीया छोरी मेनुका शाह थापा र करिब ७ वर्षीया नातिनी टिका थापाको भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
-
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’
-
मोदी खोलाको बाढीले सडक बगाउँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र
-
राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली


प्रतिक्रिया