पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित ६ जना र १० कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
विभागका अनुसार मुद्दामा विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल, शुलभ अग्रवाल, उपेश बस्नेत र ऋषिराज मोरलाई प्रतिवादी बनाइएको छ। त्यसैगरी फेवा डेभलपर्स प्रा.लि., वेगनास डेभलपर्स प्रा.लि., रिजेन्ट कोर्ट प्रा.लि., अल्फा डेभलपर्स प्रा.लि., श्रीनगर डेभलपर्स प्रा.लि., डेल्टा डेभलपर्स प्रा.लि. र लेखनाथ डेभलपर्स प्रा.लिसहित १० कम्पनीलाई पनि प्रतिवादी कायम गरिएको विभागले जनाएको छ ।
अभियोगपत्रअनुसार पूर्वअर्थमन्त्री पौडेलमाथि मुख्य प्रतिवादी दीपक भट्टलगायतका व्यक्तिहरूको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत छल्ने वातावरण निर्माण गर्न सहयोग गरेको आरोप लगाइएको छ ।
विभागले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको जनाएको छ । अब उक्त मुद्दामाथि विशेष अदालतले कानुनी प्रक्रिया अघि बढाउनेछ ।
ताजा अपडेट
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
-
पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित ६ जना र १० कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
-
दुई सय भन्दाबढी न्यायाधीशहरुको सरुवा(सूचीसहित)
-
घुस लेनदेन मुद्दामा पौडेल र व्यवसायी दीपक आनन्दलाई आठ-आठ वर्ष कैद सजाय
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै


प्रतिक्रिया