NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १ गते

विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले पौडेललाई धरौटी नमाकिकन तारेखमा रिहा गर्ने आदेश भएको जानकारी दिए । अब बाहिर बसेर पौडेलले मुद्दा लड्नेछन्।

अदालतले बिचाैलिया भनिएका दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष