NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३ गते

फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, साकाको ह्याट्रिक

 

काठमाडौं । युवा विंगर बुकायो साकाको ह्याट्रिकको मद्दतमा इंग्ल्याण्डले फिफा विश्वकप-२०२६ मा तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा फ्रान्सलाई ६-४ गोलले हराउँदै इंग्ल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन साकाले ह्याट्रिक पूरा गर्दा डेक्लान राइस, इज्री कोन्सा र जुड बेल्लिन्घामले समान एक/एक गोल थपे । फ्रान्सको लागि किलियन एम्बाप्पेले दुई तथा बार्डली बार्कोला र ओसुमाने डेम्बेलेले समान एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा राइसको कर्नर क्रसमा कोन्साले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए ।

३७ औँ मिनेटमा रासफोर्डको पासमा साकाले गोल गर्दै इंग्ल्याण्डलाई ३-० गोलको अग्रता दिलाए । इन्जुरी समयको पहिलो मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्याण्डले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमै ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ४-१ गोलको स्थितिमा ल्याए । ६ मिनेटपछि एम्बाप्पेको पासमा बार्कोलाले गोल गर्दै फ्रान्सलाई ४-२ गोलको अवस्थामा ल्याए ।

६६ औँ मिनेटमा ओलिसेको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ४-३ गोलको स्थितिमा ल्याउँदा फ्रान्सले खेलमा पुनरागमनको सङ्केत देखाएको थियो । दुई गोल गर्दै एम्बाप्पे जारी विश्वकप र विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

८७ औँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्ड जिततर्फ अग्रसर भएको थियो । दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ५-४ गोलको स्थितिमा ल्याए । यस्तै इन्जुरी समयको आठौँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै इंग्ल्याण्डलाई ६-४ गोलको जित दिलाएका हुन् ।

अब आज हुने फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेन खेल्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष