विश्वकप इतिहासकै बढी गोल गर्ने खेलाडी बने एम्बाप्पे, मेस्सी दोस्रो
काठमाडौँ– फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्।
जारी फिफा विश्वकप २०२६ मा १० गोल थप्दै एम्बाप्पेले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई ध्वस्त पारेका हुन्।
एम्बाप्पेको कुल विश्वकप गोल सङ्ख्या २२ पुगेको छ। उनले २२ खेल खेल्दै २२ गोलको दुर्लभ कीर्तिमान बनाएका हुन्। सन् २०१८ मा ४ गोल र २०२२ मा ८ गोल गरेका उनले यस पटकको विश्वकपमा सानदार प्रदर्शन गर्दै थप १० गोल गरे।
यसैगरी अर्जेन्टिनी लिजेन्ड लियोनेल मेस्सीले पनि क्लोजको रेकर्ड तोड्दै विश्वकप इतिहासकै दोस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेस्सीले यस संस्करणमा ८ गोल थपेपछि उनको कुल विश्वकप गोल सङ्ख्या २१ पुगेको छ।
यसअघि १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोज तेस्रो र १५ गोल गरेका ब्राजिलका रोनाल्डो चौथो स्थानमा धकेलिएका छन्। इङ्गल्याण्डका कप्तान ह्यारी केनले पनि यसै विश्वकपमा ६ गोल थप्दै कुल १४ गोलका साथ जर्मनीका गेर्ड मुलरको बराबरी गरेका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया