विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
काठमाण्डौ । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले भोलि राति हुने विश्वकपको बहुप्रतीक्षित फाइनल खेल एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएका हुन्।
यससँगै नेपाली दर्शकले विश्व फुटबलको सर्वोच्च उपाधिका लागि हुने निर्णायक खेल कुनै अतिरिक्त शुल्क नतिरी एनटीभी प्लसमार्फत हेर्न पाउनेछन्।
विश्वकपको फाइनलप्रति नेपाली फुटबलप्रेमीको उच्च चासो रहेको अवस्थामा सरकारी टेलिभिजनबाट निःशुल्क प्रसारण हुने घोषणाले ठूलो संख्यामा दर्शक लाभान्वित हुने अपेक्षा गरिएको छ।
फिफाको तेश्रो स्थानका लागि भएको फ्रान्स र इंगल्याण्डबीचको खेल समेत एनटिभी प्लसमा निःशुल्क प्रसारण गरिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया