रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुँदै, दैनिक एक सांसद घन्टीघरमा अनिवार्य उपस्थित हुने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको साउन १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घन्टीघर’मा अभियान सुरु हुनेछ।
अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूमध्येबाट दैनिक दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। तीमध्ये कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य (सांसद) घन्टीघरमा उपस्थित रहने व्यवस्था गरिएको छ।
रास्वपाका सहमहामन्त्री हरि ढकालका अनुसार अभियानमार्फत नागरिकका प्रत्यक्ष गुनासा, सुझाव र समस्यालाई सुनेर सम्बोधनका लागि पहल गरिनेछ।
ताजा अपडेट
-
मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
-
निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो
-
रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुँदै, दैनिक एक सांसद घन्टीघरमा अनिवार्य उपस्थित हुने
-
नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
-
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन


प्रतिक्रिया