निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो
काठमाडौं — पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन जनाको शव आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर पुर्याइएको जानकारी दिएका छन् ।
शव संकलन उद्धार टोलीका नेता मिङ्मा जीको नेतृत्वमा गरिएको थियो । सांसद शेर्पाले कठिन परिस्थितिमा उद्धार कार्यमा खटिएका टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनका अनुसार अझै तीन आरोहीको शव फेला पर्न बाँकी छ ।
गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० आरोहीको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
-
निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो
-
रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुँदै, दैनिक एक सांसद घन्टीघरमा अनिवार्य उपस्थित हुने
-
नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
-
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन


प्रतिक्रिया