NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

काठमाडौं – मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीका तीन युवक सम्पर्कविहीन भएका छन्। पोखरा महानगरपालिका–१४ निवासी अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ हराएको सूचना पाएपछि प्रहरीले खोजी अभियान तीव्र बनाएको छ।

प्रहरीका अनुसार उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ को बादलडाँडा नजिकको जंगल क्षेत्रमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरिएको छ।

माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी हवलदार जीवन बरालका अनुसार तीनै जनाको मोबाइल फोन बन्द रहेकाले उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन।

“मर्दी हिमालको हाई क्याम्पबाट फर्किने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको भन्ने सूचना प्राप्त भएपछि बिहानैदेखि प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ,” हवलदार बरालले बताए।

ताजा अपडेट

नेपालवाच विशेष