NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २३ गते

साउदी, टर्की र पाकिस्तानबीच रक्षा सम्झौता, एक देशमाथिको आक्रमण तीनैविरुद्ध मानिने

 

काठमाडौँ – मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच साउदी अरेबिया, टर्की र पाकिस्तानले त्रिदेशीय सामूहिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।

मक्कामा आयोजित शिखर सम्मेलनमा भएको सम्झौतामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रसेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिनेछ।

करिब एक वर्षको वार्तापछि भएको यो सम्झौताले तीनै राष्ट्रको सुरक्षा सहकार्य र प्रतिरोधात्मक क्षमता बलियो बनाउने लक्ष्य राखेको छ। साउदी–पाकिस्तानबीच लामो समयदेखि सैन्य सहकार्य रहँदै आएको छ भने टर्की–पाकिस्तानबीच पनि रक्षा क्षेत्रमा सहकार्य हुँदै आएको छ।

नेटोको प्रमुख सैन्य शक्तिमध्ये एक टर्की, परमाणु क्षमता भएको पाकिस्तान र आर्थिक रूपमा बलियो साउदी अरबबीचको यो सहकार्यलाई मध्यपूर्वको नयाँ सुरक्षा समीकरणका रूपमा हेरिएको छ।

क्षेत्रीय तनावका बीच साउदी अरबले इरान, यमनका हुथी विद्रोही तथा इराकका शिया सशस्त्र समूहबाट सुरक्षा चुनौती सामना गरिरहेको छ। यसैबीच होर्मुज जलमार्गमा व्यापारिक आवागमन सहज बनाउन इरान र ओमानबीच समुद्री कोरिडोर निर्माणबारे सहमति भएको बताइएको छ।

सम्झौता भएको केही समयपछि हुथी विद्रोहीहरूले साउदी समर्थित क्षेत्र हद्रमाउत र मारिबमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। हुथीले आक्रमण जारी राख्ने चेतावनी दिएको छ भने ओआईसीले साउदीको नज्रान क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष