काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकार एक्लो नभएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै स्टाटस लेखेपछि झाले जवाफ दिँदै परिवर्तनका लागि पाएको जनादेशको सरकारमा सबै साथमा रहेको बताए।
झाले सरकारको नियतप्रति शंका नरहेको तर सुधार गर्नुपर्ने विषयमा निरन्तर सचेत गराइरहने उल्लेख गरे। उनले ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई साथ र खबरदारी दुवै जारी रहने बताए।
प्रतिक्रिया