जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो, २५ जिल्लाका ८० जनामा संक्रमण पुष्टि
काठमाडौ -लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस(जेइ) रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफ्लाइटिसरोगविरुद्धको ‘जेइ खोप’ नलगाएको जनाएको छ ।
यसैगरी, हालसम्म संक्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित
-
आठ किलो थाइ गाँजासहित त्रिभुवन विमानस्थलबाट म्यान्मारका दुई नागरिक पक्राउ
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल
-
जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो, २५ जिल्लाका ८० जनामा संक्रमण पुष्टि
-
रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु


प्रतिक्रिया