रसुवा बाढी: उद्धार र राहतमा जुट्न सभापति लामिछानेको अपिल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा बाढीका कारण उत्पन्न विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै उनले जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।
उनले विपद्का बेला आधिकारिक निकाय र विश्वसनीय सञ्चारमाध्यमका सूचनालाई मात्र आधार बनाउन र सामाजिक सञ्जालमा अप्रमाणित सूचना वा अफवाह नफैलाउन अनुरोध गरेका छन्। गलत सूचनाले उद्धार कार्यमा बाधा पुर्याउने र त्रास फैलाउने भन्दै उनले सचेत गराएका हुन्।
सभापति लामिछानेले पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै साथीहरूलाई सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन आह्वान गरेका छन्।
ताजा अपडेट
-
रसुवामा आएको भीषण बाढी हिमताल फुटेर आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान
-
रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
-
भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला
-
रसुवा विपद्: डब्ल्युएचओले स्वास्थ्य तथा राहत सामग्री पठाउने
-
उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


प्रतिक्रिया