NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ११ गते

बाढीपीडितको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको गहना निकाल्ने आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का २५ वर्षीय मदन गुरुङ र भरतपुर–२ का ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा निकालिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। भिडियो भाइरल बनेसँगै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा दुवै जनालाई पोखरा बसपार्क नजिकको क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन र चोरी गरिएको गहना कहाँ पुगेको छ भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष