NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १२ गते

११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?

काठमाडौँ- भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो।

वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, संयुक्त राज्य अमेरिकाको २ र इटलीका २ जनाको उद्धार गरिएको छ।

यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्धार गरिएको छ। निमित्त सीईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए।

यसबाहेक ट्रेकिङ कम्पनी, गाईड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्।

पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण संकलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधिक गरिरहेको जनाएको छ।